HomeExecutive MembersMembersPhoto GalleryVideosनेपालीNewsSportContact Us

 समाचार

समारोहले नेपाली गोर्खा समुदायका लागि चिहान खण्डलाई आशीर्वाद दिन्छ
22 जुलाई 2022
थरक काउन्सिलले नेपाली गोर्खा समुदायका लागि वेस्ट थरक कब्रिस्तान भित्र एक समर्पित खण्ड उपलब्ध गराउने कदम चाल्दा विभिन्न धर्मका प्रतिनिधिहरूले निजी आशीर्वादमा भाग लिएका छन्।
शुक्रबार २२ जुलाईमा
थरकका मेयर काउन्सिलर जेम्स हाल्डेन, कम्युनिटीज एण्ड इक्वलिटीजका क्याबिनेट सदस्य काउन्सिलर अब्बास र वातावरणका लागि क्याबिनेट सदस्य काउन्सिलर एन्ड्रयु जेफरीज, थुरक नेपाली (गोरखा) समुदायका अध्यक्ष मानबहादुर राईको उपस्थिति थियो। । साथै TNG समुदाय, र TNG समुदायका 40 कार्यकारी सदस्यहरू र गोरखा दिग्गजहरू सहितको उपस्थिति थियो।
आशीर्वादमा पास्टर याम लिम्बु, पुजारी लोकबहादुर लिम्बू, ग्रेस गुरुद्वाराका पुजारी रछपाल सिंह, धार्मिक तथा आध्यात्मिक गुरु ज्योति जी र ग्रेस मस्जिदका सचिव हेलाल अली पनि उपस्थित थिए।
काउन्सिलर अब्बासले भने: "नेपाली गोर्खा समुदाय भित्रका आफन्त र प्रियजनहरूलाई शान्तिपूर्ण प्रतिबिम्बको क्षेत्रमा सक्षम बनाउन यो प्रारम्भिक कदम मात्र हो। हामी छिट्टै खरानी फाल्ने ठाउँसहितको स्मारक पर्खाल स्थापना गर्दैछौं। हामी यस क्षेत्रलाई परिभाषित गर्न हेजिङमा पनि राख्नेछौं।
"म खुसी छु कि थरक भित्र धेरै विश्वास र समुदायहरु को प्रतिनिधित्व जारी छ। मे 2020 मा, हामीले मुस्लिम दफन गर्न समर्पित ठाउँमा यो चिहानमा विशेष आशीर्वादको आयोजना गर्‍यौं, र हालै धार्मिक प्रार्थना सेवाहरूको नयाँ श्रृंखलामा पहिल थरकको हिन्दू समुदायका लागि थरकमा मन्दिर नभएका समुदायका सदस्यहरूले हामीलाई सम्पर्क गरेपछि आयोजित गरिएको थियो।"
Councillor Jefferies ले भन्नुभयो: "म हाम्रा धेरै काउन्सिल सेवाहरूलाई धन्यवाद दिन चाहन्छु जसले थुरकमा नेपाली गोर्खा समुदायका लागि समर्पित विश्राम स्थल उपलब्ध गराउन मद्दत गरेको छ।"
Councillor Halden ले भने: "हामीले नेपाली गोर्खा समुदायका लागि वेस्ट थरक कब्रिस्तान भित्र दफन गर्न र भविष्यमा खरानी कास्ट गर्नका लागि एक समर्पित खण्ड उपलब्ध गराएकोमा म खुसी छु। हामीलाई सदस्यहरूका लागि समर्पित क्षेत्र उपलब्ध गराउन सक्छु कि भनेर सोधियो। यस समुदायको केही समय पहिले र आज भइरहेको यो निजी आशीर्वादको हिस्सा हुन पाउँदा म खुसी छु।"
थुरक नेपाली (गोरखा) समुदायका अध्यक्ष मानबहादुर राईले भने: "हाम्रो समुदायको लागि पहिलो चिहान सुरक्षित गर्नु भएकोमा म काउन्सिलर अब्बासलाई धन्यवाद दिन चाहन्छु। यो बरोका नेपाली गोर्खाहरूका लागि धेरै महत्त्वपूर्ण छ र यसले हामी कस्तो छौँ भनेर देखाउँछ। थरक समुदायको एक भाग को रूपमा स्वागत छ।"

तलको तस्बिर: मेयर र क्याबिनेट सदस्यहरू TNG समुदाय र वेस्ट थुरक कब्रिस्तानमा विश्वास र आध्यात्मिक नेताहरूसँग


गोर्खा भलिबल प्रतियोगिता

गत ३ जुलाई आइतवार गोर्खा भलिबल प्रतियोगिता हाम्रो संस्थाको प्रांगणमा सफलतापूर्वक सम्पन्न भयो।

कप्तान मदन राई, मेन राई, किशोर राई, छत्र लिम्बू, हरि फोम्बो, मनी राई, होम देवान, धन कुमार राई, शनवीर राई रहेको सेक्युरिटी ( Security) समूहले १२ अंकको साथ लिगको फाइनल पुग्ने पहिलो समूह भएको थियो। त्यसैगरि अन्य समूहहरू टेस्को (खेलाडी: कप्तान देवेन्द्र तामलिङ, संग्राम राई, राज कुमार कर्माचा, प्रेम लिम्बू, नरोत्तम राई, सान्ता चोङ्ग्बाङ) ; ग्रेज (खेलाडी: कप्तान धन प्रसाद राई, तिर्थ लिम्बू, लोकेन्द्र लिम्बू, जन्मजय राई, विजय लिम्बू, विष्णु लिम्बू, युवराज मावो लिम्बू) र अमेजन (ग्रेज) (खेलाडी: कप्तान राजेश तामाङ, दावा तामाङ, हिराधन राई, सन्देश राई, अजय राई, सुनील राई, विवेक तामाङ) प्रत्येक समूहले ६ अंक प्राप्त गरेर उक्त समूहहरू सड्डेन डेथ Knock-Out खेल खेलेका थिए। निकै रोमांचक प्रतिस्पर्धा पश्चात टेस्को समूहको निरन्तर प्रयास पछि उक्त समूह फाइनल पुगेको थियो। पाहुनाको रूपमा प्रतिस्पर्धी कप्तान सागर गौतम, नोवा राई, विजय खत्री, भुराज राई, रेशम मगर, लोकमान लिम्बू, इशरन राई रहेको अमेजन (डार्टफर्ड) समूहले अंक प्राप्त नगरेपनि राम्रो खेलको प्रदर्शन गरेको थियो।

फाइनलको बेस्ट अफ थ्री खेलमा सेक्युरिटी (Security) समूहले गोर्खा कप Running Shield को पहिलो विजेता बन्न सफल भएको थियो। यससंगै विजयी समूहले गोल्ड मेडल र नगद £१२५ जितेको थियो। त्यस्तै दोस्रो टेस्को समूहले सिल्भर मेडल र नगद £७५ जितेको थियो भने ग्रेज र अमेजन (ग्रेज) समूहहरूले सान्त्वना पुरस्कार पाएका थिए।

ठीक एक वर्ष अघि संस्थाका वरिष्ठ सल्लाहकारद्वय श्री लाख बहादुर गुरूङ र श्री राम कुमार राई ज्यूको गुरूयोजना अनुसार मानसिक र शारीरिक स्वास्थ्यलाभको निमित्त शुरू गरीएको यस भलिबल प्रतियोगिता अहिले युवा पुस्ताबाट (खेलकुद संयोजक श्री सागर गौतम तथा सहायक श्री दावा तामाङ) संयोजन भएको थियो।

खेलहरू विवादरहित ढंगले अम्पायर श्री देउधन राई ज्यू र वहाँको समूहले निर्णय गर्नुभयो।

अहिलेसम्मकै लामो अवधिको (करिब १० घण्टा बढी) यस प्रतियोगितामा भाग लिनुहुने संयोजक, अम्पायर, स्वयंसेवक, प्रायोजक तथा दर्शक महानुभावहरूलाई हृदय देखि धेरै-धेरै धन्यवाद।

विशेष सबै खेलाडी ज्यूहरू यहाँहरूले देखाउनु भएको खेलको प्रशंसनीय कला, अनुशासन, मर्यादा, आत्मबल र भरपुर मनोरंजनको लागि हृदय देखि धेरै-धेरै धन्यवाद।

यो सालको चुनौती र अनुभवहरूलाई ज्ञानको रूपमा लिएर अब आउने सालको प्रतियोगिता झनै व्यवस्थित र व्यवहारिक हुने विश्वास लिएका छौं।

अन्तमा सबै प्रतिस्पर्धी खेलाडी ज्यूहरूलाई धेरै-धेरै बधाई तथा शुभकामना।
 

✒️शेरू
थरक नेपालीज गोर्खा समुदाय (टी.एन.जी.सी) को सामूहिक पदयात्रा सारंशमा जानकारी
आज (Sun 12 Jun 2022) को पदयात्रा (TNGC Groupe hiking) Purfleet Heritage Centre देखि शुरु गरी Round the Rainham Landfill डाँडा हुँदै फेरी परफ्लीट हेरिटेज सेन्टर मै टुङ्ग्याइएको थिइयो। २४ जना पदयात्रीहरूले ३ घण्टामा लगभग नौ किलोमिटर (9km) यात्रा पार गरेका थिए। चन्द्र इङनामले संयोजन गर्नु भएको यो यात्रामा सरन राईले खाजापानीको सौजन्य गर्नु भएको थियो र वार्ता र तस्बिर प्रेषणको व्यवस्था किशोर राई र किशोर पंधाकले गर्नु भएको थियो।

स्मरण रहोस: यो त्रेश्रो पदयात्रा ह‍ो। पहिलो ग्रेज (Grays) बाट परफ्लीट (Purfleet train station) सम्मको रहेको थियो भने दोश्रो टिल्बरी (Tilbury) देखि कोलहाउस किल्ला (Coalhouse Fort) सम्म रहेको थियो।
तस्बिर: किशोर पंधाक





यो तेश्रो पदयात्रामा सहभागिहरू निम्नबमोजिन रहेका थिए:
१. लाख ब गुरुङ
२. कलमाया गुरुङ
३. मेहेरमान तामाङ
४. कुमारी तामाङ
५. लोक ब थोप्रा
६. गौरिमाया ताप्मादेन
७. राम तोङोछा राई
८. रमला राई
९. चन्द्र ब इङनाम
१०. विष्णुमाया पङयागू
११. नरमाया इस्पो
१२. शेरू इङ्नाम
१३. जानुका लिङ्देन
१४. लिलियान इङ्नाम
१५. आलिशा तामाङ
१६. कृष्ण तामाङ
१७. किशोर पंधाक
१८. देविका बान्तावा
१९. पूर्ण ब पंधाक
२०. बेदकुकारी चोङबाङ
२१. किशोर राई
२२. रत्ना चोङबाङक्याक
२३. ज्योतिकला माङमो
२४. बुद्ध बेघा वनेम

ग्रेस दशै भेटघाट कार्यक्रम २०७६
भनिन्छ, मानिस अवसरको खोजीमा जहाँ जावोस वा पुगोस उसले आफ्ना भाषा, लिपी, सस्कार, सस्कृती, धर्म वा भनौ सभ्यता वा सिंगै पहिचान आफु संगै लिएर जान्छ र मरनोप्रान्त स्मृतीका पानाहरुमा सम्झनाका पोकाहरु सजाएर राख्दछ।
सन्दर्भ हो,
GRAYS THURROCK
DASHAIN PARTY - 2019

सदाझै यस साल पनि थरकमा रहनु हुने सम्पूर्ण नेपाली समुदायहरुको छाता संगठण "थरक नेपालीज गोर्खा समुदाय" ( TNGC )ले
The Civic Hall Blackshot मा भब्यरुपमा दशै भेटघाट कार्यक्रमको आयोजन गरेको थियो। उक्त कार्यक्रममा लगभग 300 को हाराहारीमा नेपाली समुदाय साथसाथै आमन्त्रीत बिभिन्न स्थानिय सामाजिक निकाय लगायत राजनिती क्षेत्रका बिशिष्ट पाहुनाहरु पनि हुनु हुन्थ्यो। बिशिष्ट पाहुना हरुमा प्रतिनिधी सभाका लागी थरकका MP MS JACKIE DOYLE- PRICE र थरकका मेयर MR TERRY PICCALO हुनु हुन्थ्यो।
कार्यक्रमको मुख्य उद्देश्य नै आफु जहा रहे पनि आफ्नो थातथलोको सम्झनामा रमाउनु आफन्तहरु संग भेटघाट, भलाकुसारी, नाचगान तथा आफ्नै बिशेस प्रकारको भोजमा रमाउनु त हुदै हो साथ साथै स्थानिय समाजमा आफ्नो उपस्थिती वा अस्तित्वको बोध गराउनु पनि हो।
यस दशै पार्टी कार्यक्रमको मुख्य आकर्षणहरुमा:-
1 - मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम।
2 - शिक्षा तर्फ GCSE मा राम्रो गर्ने, लगायत मास्टर्स/ अन्य बिभिन्न बिधागत शिप हासिल गर्ने/नयाँ उद्दमीहरु लगायत राम्रो गर्ने युवाहरुलाई प्रोतसाहन गराउन
"TNGC YOUTH AWARD" र आफ्नो समाज र सस्थाको लागि हरेक क्षेत्रबाट निस्वार्थ सहयोग पुराउने ब्याक्तित्वहरु साथै सस्थाको अध्यक्षको हैसियतले सेवा पुराउने सबै भुपु अध्यक्षहरुलाई  "TNGC AWARD" प्रदान गरि सम्माण गरिएको थियो जुन एक नयाँ आयाम भन्नु पर्छ।
3 - यस पटक मञ्च तथा हलसजावटमा केही परिस्कृत गर्न डिजिटलाईज्ड गरि केही आकर्षक बनाउने प्रयास देखियो निश्चयनै अर्को पटकहरुमा पुर्णता पाउनेमा आशाबादी बन्न सकिन्छ।
4 - सस्थाको साधन र स्रोत अत्यन्तै न्युन रहेको अवस्थामा सास्कृतिकजन्य सामंग्रीहरु जुटाउन निकै कठिण रहेकोछ। सोही कुरालाई मध्यनजर गरेर यस पटकबाट दाताहरुबाट स्वे्च्छाले सहयोग अाब्हान गरियो निश्चयनै यो प्रयास राम्रो हो।
हामीले नगरे कसले गर्ने? अहिले नगरे कहिले गर्ने?
5 - यस पटक भने सस्थाले कार्यक्रमको रुपरेखामा केही परिवर्तन गरि भद्दा खालका औपचारिक्ताहरुलाई हटाई केही चुस्त गरिएको पाईयो। तथापी यति हुदाहुदै पनि खानपान बितरणको ढिलाईले आम मानिसहरुले पसिना फाल्ने समय भने पाउन सकेनन, यो सधैको समस्या हो, निश्चयनै यो पनि अर्को पटक समाधान हुनेमा हामी बिस्वस्त छौ।
बिशिष्ट पाहुनाहरुमा थरक Mayor र MP ले कार्यक्रमको सम्बोधन गर्नु भएको थियो। Mayor ले गोर्खाली समुदायको राम्रा पक्षको उच्च प्रसंसा गर्नु भएको थियो भने MP ले समुदायमा संख्या बढोत्तरी भए संगै गोर्खाली पनि राजनितीमा आउनु पर्ने, यो समयको पनि माग हो र हामी प्रतिक्षामा छौ भनेर हाम्र‍ो राम्रै उपस्थिती वा अस्तित्व प्रति संकेत गर्नु भयो, जुन हाम्रो लागी गर्बको कुरा हो।
कार्यक्रमको सुरुआत सस्थाका सचिब श्री सुन्दर लिम्बुले Helth & Safety बाट सुरु गरेर कार्यक्रमको संचालन गर्नु भयो भने सास्कृतिक कार्यक्रम श्रीमती प्रभारानी राई र भान्जा श्री नरहाङ लिम्बुले संयुक्तरुपमा संचालन गर्नु भएको थियो भने सबै औपचारिक कार्यक्रम समाप्त भएपछी सस्थाक‍ो आतिथ्य स्विकारेर आउनु हुने सम्पूर्ण अतिथीहरु, यस दशै पार्टी कार्यक्रमलाई सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष योगदान पुराउनु हुने सम्पूर्ण कार्य समिती सदस्य लगायत अन्य महानुभाबहरुमा हार्दिक धन्यबाद ज्ञापन सहित आभार ब्यक्त गर्दै सस्थाका अध्यक्ष
श्री मान बहादुर राईले कार्यक्रम सहित यस सालको दशैलाई अन्तिम बिट मार्नु भयो।
अन्तमा!
हजारौ माईल टाढा अर्काको भुगोलमा हाम्रो प्रथम पहिचान " नेपाली " नै हो अनि मात्र अन्य। अाजको हाम्रो प्राथमिक्ता भनेको जति सकिन्छ नेपालित्व बचाँउदै बर्तमानको हाम्रो समाजमा हरेक ढंगबाट अन्तर-घुलन भएर आफ्नो अस्तित्वको रक्षा गर्दै पहिचानको उचाई बढाउने नै हो,
आज यति, धन्यबाद!
जय TNGC ।
सनबिर राई
(सल्लाहाकार।)

थरक नेपाली गोर्खा समुदाएको नयाँ वर्ष २०७३

ग्रेस/एसिक्स गत अप्रिल ९ का दिन थरक नेपाली (गोर्खा) समुदाय (टीएनजीसी) को आयोजनामा नया वर्ष बिस २०७३ सालको भब्येरुपमा स्वागत गर्दै भेटघाट कार्य क्रम चड्वेल भिलेजहलमा सम्पन्न भयो | नेपाली राष्ट्रिय गाणाबाट सुरु भएको कार्यक्रम श्रीमती मंजु पालुङ्ग्वाको सुमुधुर स्वर र सैलिमा संचालन भएको थियो | समुदाएको स्थापना कालदेखि नै निस्वार्थ लगातार समुदयेलाई सेवा पुराएबापत किसोर र रामजी राईलाई सम्मान गरिएको थियो | कार्यक्रमको दौरान मा निबर्तमान कार्यसमितिका पदाधिकारीहरुलाई बिदाई, नानी हरुद्वारा नृत्य प्रस्तुत, एकल गित, राफल ड्र लगाएत भब्य सामुहिक नृत्यबाट  आ आफ्नो लुकेको प्रतिभा देखाई  भरपुर मनोरंजन लिदै बिसुद्दा नेपाली खानाको स्वादले कार्यक्रमको बिट मारिएको थियो |अन्तमा समुदायका अध्येक्ष श्री युबराज माबो द्वारा
सम्पूर्ण उपस्थित महानुभाबहरुलाई नया बर्षको शुभकामना अर्पण र सहयोगी हातहरुलाई धन्यवाद दिदै आगामी नया बर्षमा भेट्ने दरिलो अठोट सहित कार्यक्रमको समापन गर्नु भयो |
सन्बीर राई
कमनवेल्थ तेक्वान्दोमा १३ वर्षीया सियनाले दिलाइन् स्वर्ण

लन्डन , मंसिर ६ - स्कटल्याण्डमा सम्पन्न छैटौं कमनवेल्थ तेक्वान्दो प्रतियोगितामा १३ वर्षीया सियना लिम्बु लिङ्देनले स्वर्णपदक जितेकी छिन् । इंग्ल्याण्डको प्रतिनिधित्व गर्दै सहभागी उनले महिला जुनियर ४७ केजी समूहमा सात प्रतिस्पर्धी खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेकी हुन् ।

एडिनबरास्थित मिडोब्यांक रंगशालामा गत सप्ताहन्त आयोजित प्रतियोगितामा इंग्लिश च्याम्पियन बनेपछि सियनाले प्रसन्नता व्यक्त गरेकी छिन् । 'जित्छु भन्ने कल्पनै थिएन् तर अहिले खुशी छु', उनले सुनाइन् ।

उनको समूहमा अष्ट्रेलिया, भारत र इंग्ल्याण्डका खेलाडीहरु सामेल थिए । गत जुलाईमा सियनाले अजरबैजानको बाकुमा आयोजित फस्ट वल्र्ड तेक्वान्दो क्याडेट च्याम्पियनसिपमा इंग्ल्याण्डलाई एकमात्र रजत पदक दिलाएकी थिइन् । उनी आगामी वर्ष हुने युरोपियन च्याम्पियनसिपको तयारीमा छिन् । ओलम्पिकमा बि्रटेनलाई पदक दिलाउने उनको अन्तिम धोको छ । कमनवेल्थ मुलुकका चारसय ४४ खेलाडीले भाग लिएको उक्त प्रतियोगितामा इंग्ल्याण्डले ३१ स्वर्णसहित पहिलो स्थान लियो भने क्यानाडा आठ स्वर्णसहित दोस्रो र अष्ट्रेलिया ३ स्वर्णसहित तृतीय भएको छ ।

बाबा देउमान लिङ्देन र आमा उषा तुम्बाहाम्फेकी जेठी छोरी सियनाले पांच वर्षको उमेरदेखि नै तेक्वान्दो सिक्न थालेकी थिइन् । वाल्यकालमा आत्मरक्षाका लागि सिकाएको खेलले अहिले एकपछि अर्को पदक जित्दा सियनाका बाबुआमा पनि दंग छन् । अहिले सातामा पांच दिन तेक्वान्दोको कठोर अभ्यास गर्ने सियना यसैका लागि हरेक सप्ताहन्त लन्डनबाट करिव एकसय ६४ माइल टाढा म्यानचेष्टर धाइरहेकी छिन् ।



विद्यालयमा कक्षा ९ की छात्रा सियनाले खेलमा अत्यधिक समय दिनु परेपनि घर र स्कुलमा मिहिनेत गरेर अध्ययन 'कभर' गरिरहेको जनाइन् । सियनालाई भविष्यमा दन्त चिकित्सक बन्न मन छ ।

पांचथर गोपेटारका देउमान ब्रुनाइ राजपरिवारकहां काम गर्ने सिलसिलामा सन् १९८७ देखि यूकेमा छन् भने उनकी जिवनसंगिनी उषा सन् २००१ मा यूके आएकी थिइन् । छोरीहरुको पालनपोषण र शिक्षादीक्षाका लागि कुनै कमी हुन नदिन समर्पित लिम्बु परिवार छोरीको सफलताबाट दङ्ग छन् ।
भान्जिलाई हाम्रो संस्थाकोतरफबाट धेरै धेरै बधाई छ र बाबा आमालाई पनि बधाई छ|

थरक नेपाली गोर्खा कम्युनिटीले नेपाली नयाँ वर्ष मनायो
किरण थेबे लिम्बू
              ग्रेज/बेलायत - गत १३ अप्रिल २०१३, शनिवारको दिन थरक नेपाली गोर्खा कम्युनिटीले  ग्रेशको च्याड्वेल भिलेज हलमा भब्यताको साथ नेपाली नयाँ वर्ष २०७० साल मनायो । समाजको सदस्यहरु र अतिथिहरुको राम्रो उपस्थिति  भएको उक्त कार्यक्रम साँझ करीब ६ बजे शुरु भएको थियो  । थरक काउन्सिलको काउन्सिलर डिपुटी मेयर (Mr. Anthony Fish ) एन्थोनी फिशको प्रमुख आतिथ्यमा शुरु भएको सांगीतिक साँझमा संस्थाको सदस्य तथा नानीहरुले मिठा-मिठा नेपाली गीतमा आफ्नै मौलिक नेपाली भेष-भुषा पहिरनमा नृत्य प्रदर्शन साथै अंग्रेजी रक र पप गीतमा पनि नृत्य प्रदर्शन गरेर अतिथि तथा उपस्थित सबैलाई भरपुर मनोरन्जन  दिलाएका थिए । आकर्षक र सुमधुर गीतमा  कलाकारहरुको नृत्य प्रदर्शनमा च्याडवेलको कम्युनिटि भिलेज हल उपस्थिति दर्शकहरुले टनाटन भरिएको थियो ।

तस्बिर : भिम्दल राई

करीब ८:३० बजे कलाकारहरुको नृत्य प्रदर्शन सकिए पछि प्रमुख अतिथिबाट नेपाली कला र संस्कृतिबाट अति नै प्रभावित हुनुको साथै बिभिन्न परिकारको नेपाली खानाको स्वाद लिन पाएकोमा खुसी ब्यक्त गर्दै  संस्थाको आयोजक तथा सम्पूर्ण सदस्यहरुलाई कार्यक्रममा सरिक हुन पाएकोमा धन्यवाद  दिनु भए पश्चात  संस्थाको अध्यक्ष कुमार राईज्यूबाट  आमंत्रित अतिथिहरुलाई नेपाली क्यालेन्डर वर्षको बारेमा संक्षिप्त जानकारी दिँदै  कार्यक्रम सफलपुर्वक सम्पन्न भएकोमा आमन्त्रित अतिथि वर्ग तथा उपस्थित सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिनु भएको थियो । त्यस पछि उपस्थिति अतिथि तथा सम्पूर्ण  सदस्यहरुले नेपाली गीतमा स्वनृत्य प्रदर्शन गरेर भरपुर मनोरन्जन लिएका थिए । उक्त कार्यक्रममा आशफ़ोर्ड निवासी खेम मादेनज्यूले बिभिन्न परिकारका स्वादिस्ट नेपाली खाना उपलब्ध गराउनु भएको थियो । 
संस्थाको सचिव  किरण थेबे लिम्बू, श्री मति इन्द्र पन्धाक र श्री मति प्रभारानी राईले संचालन गर्नु भएको कार्यक्रम रात्री ११ बजे समापन भएको थिय

ग्रेजमा नारीदिवस
-शेरबहादुर इङ्नाम
सनिबार, गत १८ मार्च ग्रेज, एसिक्सको महिला समितिले स्थानीय नरमन हलमा १०१ औं अन्तर्राष्ट्रिय नारीदिवस बडो हर्ष उल्लासकासाथ मनाए । यो दिवस सधै मार्च ८ तारिखको दिन परे पनि यहाँको विविध परिस्थितिवस नजिकको सप्ताह-अन्तमा मनाएको आयोजक प्रमुखहरूले बताएका थिए । लगभग सयको संख्यामा उपस्थित सहभागीहरूलाई सम्बोधन गर्दै समितिकी सचिव इद्रकुमारी पन्धाक इस्बोले कार्यक्रमको शुरुमा समितिकी अध्यक्ष उज्जलता ताप्मादेनलाई मञ्चमा निम्त्याउनु भएको थियो । अध्यक्ष ताप्मादेनले उपस्थित सबैलाई स्वागत गर्दै यो अन्तर्राटि्रय नारीदिवसको इतिहास र महत्वबारे छोटो चर्चा गर्नु भएको थियो । यसै अवसरमा भेलाको मौका छोपी सदा अˆनो चिन्तनको विषय "स्थानीय साना-साना नानीहरूलाई नेपाली भाषा सिकाउने" क्रम छिट्टै पुन शुरु गर्न आवश्यक रहेको र त्यसमा सबै नारीहरूको पनि सहयोगको भूमिका रहेको जानकारी गराउनु भयो ।

तस्बिर : किसोर राई
बेलुकीको छ बजेदेखि एघार बजेसम्म मनाइएको यक्त कार्यक्रमलाई ग्रेज महिला समितिकी सचिव इद्रकुमारी पन्धाक इस्बोले सञ्चालन गर्नु भएको थियो । दिवसमा जीसीएससी उतीर्ण भान्जा-भान्जीहरूलाई बधाई दिने कार्यक्रम  प्रशंसा-पत्र प्रदान साथै दोसल्ला ओडाइएको थियो । भान्जी प्राकृति हाङसरुम्बाको सुमधुर पियानो वादन, "ए आमा सानिमा . . ." गीतको बोलमा भान्जी नविना लिम्बूको नृत्य र सदस्य पद्मा श्रेष्ठद्वारा गाइएको "डाली-डालीमा . . . " गीतले सबै दर्शकहरूमा रौनकता छाएको थियो भने फुलङ्गा (बेलुन) फुटायने खेलले उपस्थित सबैलाई भरमक्दुर मनोरञ्जन गराएको थियो ।
आमन्त्रित अतिथि स्थानीय नेपाली समुदायका अध्यक्ष शरण लिम्बूले आजको महिलाहरूले दिवसको स्मरण र रमाइलो गर्ने उद्देश्यमात्र नभएर आˆनो अधिकार राम्ररी चिन्ने र सो अधिकारलाई व्यवहारिकतामा उतार्ने साथै बाकी रहेको अधिकारहरू प्राप्त गर्न सम्पूर्ण महिलाहरू प्रयासरत रहनु पर्ने मन्तव्य व्याक्त गर्नुभयो । अध्यक्ष लिम्बूले उहाको व्यस्तत समयमा नै भए पनि यत्तिको उपस्थिति संख्याले जनाएको महिला एकता र एक-अर्का बीचको सद्भावनाको प्रशंसा गर्दै निमन्त्रणको लागि धन्यबाद पनि व्याक्त गर्नु भएको थियो ।
महिला समितिकी अध्यक्ष उज्जलता ताप्मादेनले उक्त कार्यक्रमका सहयोगीहरू किशोर राई, रामजी राई, वीरबहादुर तामाङ, छेन्मुयुमा राई, किशोर अन्छङबो लिम्बू, मिना राई आदि प्रति विशेष धन्यबाद व्यक्त गर्दै आउदो बर्षहरूमा पनि यसरी नै भेट्ने अभिलाषा राख्दै कार्यक्रमको अन्त्य गर्नु भएको थियो ।

टीएनजीसी टेनिस प्रतियोगिता सम्पन्न

- शेरबहादुर इङ्नाम
              
एसिक्स/थरक नेपाली (गोर्खा) समुदाय (टीएनजीसी) द्वारा गत जुलाई ३१ देखि २८ अगष्टसम्म आˆना थरक क्षेत्रबासीबीच ग्रेजको टेनिस कोर्टमा टेनिस खेल प्रतियोगिता गराएइको थियो । संस्थाका खेलकुद संयोजकद्वय जीवन श्रेष्ठ र लोकमान खँवा दुबैको आ-आफ्नो व्यक्तिगत व्यस्तताले गर्दा कार्यसमितिका अर्का सदस्य दुर्गा चोङ्बाङक्याक लिम्बूले तन, मनकासाथ उक्त खेलको संयोजन गर्नुभएको थियो । त्यसमा खेलाडीको दल विभाजन र खेलको विधि-विधान संस्थाका उपाध्यक्ष सनवीर राई र अर्का सहयोगी बिर्ख राईले तयार पार्नु भएको थियो ।
खेल दिन-दिनै रोचक बन्दै जानु त स्वभाविकै थियो त्यसमा पनि अन्तिम दिनको खेलमा आबद्घ सबैले टीएनजीसी पोशाकको अनुशासन, दर्शकहरूको उल्लेखनीय उपस्थिति, तालीको गड-गडाहटले खेल प्रतिस्पर्धामा रन्को थपेको थियो ।

तस्बिर : लोकमान लिम्बु
ए र बी खेलाडी सुमूह गरी जम्मा अठारजना खेलाडीहरूले सो टेनिस प्रतिस्पर्धामा भाग लिएका थिए । खेलको अन्त्यमा संस्थाका अध्यक्ष शरण पंधाक लिम्बूले देवराज तामाङ प्रथम, अम्बर राई दोस्रो र बिर्ख राई तेस्रो भएको घोषणा गर्नुभयो । साथै विजयी खेलाडीहरूलाई आगामी बडादसैँ उत्सवको सुअवसरको दिन कपहरू प्रदान गरिने बताउनु भयो । अन्तिम कार्यक्रम तस्विर खिच्नुकोसाथ आयोजक, खेलाडी, दर्शक सबैलाई धन्यबाद दिँदै अध्यक्ष लिम्बूले खेलको अन्त्य गर्नु भयो ।यो खेल पहिलो पटक खेलाइएकोले गर्दा सोचेजस्तो राम्रो हुन नसकेको र आगामी वर्षहरूमा सुव्यवस्थित र भव्यरूपले खेलाउन, अझ बाहिरी खेलाडीहरूलाई समेत प्रतियोगितामा सहभागी गराउने भन्ने विषयमा उक्त खेल संयोजक दुर्गा लिम्बूले संस्थालाई प्रस्ताव राख्नु भएको छ । ।
उक्त टेनिस खेल नै यूकेका नेपालीहरूका लागि प्रथम टेनिस खेल हुनुपर्ने सो खेल आयोजकहरूको अडकल रहेको छ । टेनिस जस्ता खेलहरूले आपसी भेट, व्यायाम, स्वास्थ्यलाभ साथ-साथै आत्मानुशासन प्रदान गर्ने एक सरल माध्यम भएकोले यसलाई निरन्तरता दिने खेल संयोजकहरूले बताएका छन् ।

रातो सारी हरियो पोतेको साथमा ग्रेजमा तीजको रौनक

शेरबहादुर इङ्नाम
एसिक्स/सेप्टेम्बर ११ शनीबारका दिन ग्रेजका महिला समितिले २०६७ को तीज पर्व धुमधामसाथ मनाए । समितिकी सचिव श्रीमती शर्मिला लिम्बूले सो कर्यक्रम सञ्चालन सुरु गर्दै अतिथि पदाशन गराउनु भएको थियो भने अध्यक्ष श्रीमती उज्जलता लिम्बूले सम्पूर्ण उपस्थित कार्यक्रम सहभागीहरूलाई स्वागत गर्दै वक्तब्य दिनु भएको थियो । उक्त समितिले थरक नेपाली गोर्खा समुदायका अध्यक्ष शरण पंधाक, समुदायकै भूपू अध्यक्ष कृष्ण कुरुम्बाङ र स्थानीय बुद्घजिवि लाल ताप्मादेनलाई अतिथिकोरूपमा निमन्त्रणा गरेको थियो । छेन्मुयुमा राई र इन्द्रकुमारी इस्वोले "हामीलाई प्यारो लाग्छ हाम्रो नेपाल . . ." भन्ने बोलको राष्ट्रिय गीत गाउनु भएपछि मुख्य कार्यक्रमहरू अगाडि बढाइएको थियो ।

तस्बिर : किसोर राई
कार्यक्रममा अतिथि टीएनजीसी अध्यक्ष शरण पंधाकलाई मन्तव्यको लागि बोलाईएको थियो । मन्तव्यको सिलसिलामा अतिथि पंधाकले "यो महिला समिति वा अन्य कुनै पनि महिला संघ-संस्था भनेको नेपाली मूलका वहुल जाति-समिति हुने भएको हुनाले यस्ता चाडहरु मनाउनु महिलाहरूको सास्कृतिक कर्तव्य हुनजान्छ र मान्नु या मनाउन पर्दछ" भन्नुभयो ।
 एक वर्ष थन्किएका ग्रेज महिलाहरूको रातो सारी र हरियो पोते भएको तिलहरी यो तीजमा उनीहरूमाथि तीजे रंगरमिता थप्न फेरि पहिरिएका थिए । यसरी रातो पहिरिएका अनगिन्ति महिलाहरूले "तीजको लहर आयो बरी लै" लगायतका गीतमा दिन-दैनिकको व्यस्तताबाट परेको मानसिक चापलाई एकछिन बिर्सिएर तीजे रङ्गमा चौपट्टै झुमेका थिए । जम्मा भएका सम्पूर्ण नेपाली महिलाहरूको लागि केवल एउटा हल, एउटा सिङ्गो मनोरञ्जनको संसार बन्न पुगेको थियो । अन्जु पन्तको "दिल यो, मेरो दिल . . ." गीतमा निता राईको नृत्यले को बुढो को भुरो सबैलाई मन्त्रमुग्ध बनाएको थियो भने खाना कार्यक्रमदेखि केही पछिको समूहनाँचमा सबैको पसिना तरतरी बगेको थियो ।
कार्यक्रमको अन्त्यमा समितिका अध्यक्ष श्रीमती उज्जलता ताप्मादेनले कर्यक्रम सफल पार्नमा जुट्नुभएका आˆना सहकर्मी साथै अन्य स्वयमसेवकहरूलाई धन्यवाद दिँदै आउँदो वर्ष पनि यसरी नै भेट गर्ने अभिलाषा प्रकट गरी कार्यक्रम समाप्तीको घोषणा गर्नु भएको थियो ।

टीएनजीसी नेपाली भाषा पाठशाल

शेरू चतुर्वर्ण
          एसिक्स, ग्रेज/ गत शनिवार २१ तारिखमा थरक नेपाली (गोर्खा) समुदायले नेपाली भाषा पाठशाला स्थापना गरेको छ । सनवीर राईको अध्यक्षतामा उक्त पाठशालाको सञ्चालक समिति निर्माण भएको छ । संस्थाका अध्यक्ष शरणकुमार पंधाकले सो पाठशालाको उद्घाटन गर्नु भएको थियो । कार्यक्रम राष्ट्रियगानकोसाथ सुरु गरिएको थियो ।
भाषाको महत्व विषयमा नेपाली भाषा पाठशाला सञ्चालक समितिका अध्यक्ष सनवीर राईले आˆनो देशदेखि टाढा रहँदा आˆनो राष्ट्रियता, पहिचान, मौलिकता आदिको कत्तिको महत्व रहेको हुन्छ भन्ने कुरालाई मीठो र चोटिलो शैलिमा बताउनु भयो ।

तस्बिर : किसोर राई
त्यस्तै संस्था अध्यक्ष शरण पंधाकले धेरै लामो प्रयासमा आजमात्र आफ्नो क्षेत्रमा नेपाली भाषा पाठशाला जन्माउन सफल भएको उल्लेख गर्नु हुँदै यस कामलाई सफल पार्न लागी परेका संघर्षकर्मीहरूलाई धन्यबाद दिनु भयो । त्यसपछि स्वयम-सेवी शिक्षिकाहरूको परिचय कार्यक्रम राखिएको थियो । उज्जलता ताप्मादेन, देवीमाया व्लोन, खान्नु् युमा राई, छेन्मु युमा राई, लक्ष्मी पंधाक, हेमा लिम्बू, कुमारी खापुङ, मायादेवी लिम्बू, दिलमाय लिम्बू, बालकुमारी राईले स्वयंसेवक शिक्षिकाको रुपमा काम सुरु गर्नु भएको छ । इन्टरप्राइज हलमा भएको उक्त कार्यक्रमको अन्तमा तस्वीर खिच्ने कार्यक्रम सकी उद्घाटन पठन-पाठन भएको थियो ।

परफ्लीट हेरिटेजमा गौरवपूर्ण गोर्खा-डे
शेरबहादुर इङ्नाम
              एसिक्स । १८ जुलाई आइतबारको दिन परफ्लीट हेरिटेजले बडो सानदारकासाथ गोर्खा-डे मनायो । उक्त हेरिटेजका अध्यक्ष आलान गोस्लिङ र सचिव सू गोस्लिङद्वारा आयोजित कार्यक्रममा थरक सांसद ज्याकि डोयल-प्राइस, दक्षिण बासिलडन र पूर्वी थरकका सांसद स्टेफेन मेटकाःफे र थरकका सहायक मेयर (उपसभापति) एडि हार्डिमन, भू पू सांसद एन्ड्रयु मेक्केन्ली आदिहरूको उपस्थिति रहेको थियो । अन्य अतिथिहरूमा गोर्खा वेल्फेयर ट्रष्टबाट मेजरद्वय माइकल थोर्प र जेफ्री ल्वोएडको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आहृवान गरिए अनुसार ग्रेजका गोर्खाहरूले पर्याप्त दौरासुरुवाल पहिरन असफल भए पनि कैयन गुन्यूचोलो पहिरनकासाथ गोर्खा महिला उपस्थित थिए । गरगहना पहिरनले "नेबो चङ्थो फुली, कुङ्बा ठूलीÙ चुचेमुन्द्री लाएको, कत्ति सुहाएको, हाः हाः मा से" जस्तो लिम्बुवानमा चलेको गीतलाई पुनर्याद गराएको थियो । आयोजकको आहृवानमा नेपाली खाना र नेपाली नै गीत-सङ्गीतको बन्दोबस्त पनि मिलाइएको थियो । हेरिटेजको प्रवेशद्वारनेर रहेको एउटा दृष्यपटलमा "घिन्ताङ मादल कहाँ बज्यो गैरी तालैमा" घन्केको घन्क्यै थियो भने वीर गोर्खाको खुकुरी प्रहार र चम्-चम्को चलचित्र  अर्कोपटि्टको दृष्यपटलमा निरन्तर देखाइएको थियो ।
कार्यक्रमस्थलमा गोर्खा आगमनको सुरुमा आयोजक तथा अतिथिहरूको उत्तेजनात्मक आग्रहमा तस्विर लिनेकाम भएको थियो । साडी-चोलो र ढाकाटोपी त्यस दिन तस्विर लिने छविकारहरूको लागि चुम्बकीय ध्रुव नै बनेको थियो । गोर्खालीहरूको अमिट माया र सम्झना बोकेका कैयन बेलायतीहरू नमस्कार गर्न र अधपिल्टो भए पनि नेपाली बोल्नमा तम्सिएका देखिन्थे । उनीहरूसँग आएका स-साना छोराछोरीहरू पनि आफ्नो बाबुआमा गोर्खाहरूसंग बोल्दाकाबखत मित्रभावले टुलुटुलु हेरिरहेका पाइन्थे । खुकुरीमार बिल्ला र खुकुरीछापे टाई लागाएका गोर्खा प्रेमीहरू गोर्खाकै विषयका पुस्तक पढ्दै उक्त पुस्तकमा गोर्खालीहरूको सम्मानपूर्ण हस्ताक्षर मागिएको थियो । अन्य देशका मानिसहरू पनि बेलायती सेनामा सम्मिलित रहेका तर गोर्खा जस्तो हरेक क्रियाकलापमा समर्पित नरहेको एक बेलायती भद्र पुरुषको भनाई थियो।

थरक सांसद ज्याकि डोयल-प्राइसका साथ
 
         
 तस्बिर : किसोर राई

हेरिटेजका उपाध्यक्ष रिचर्ड स्मिथद्वारा अतिथि परिचयसाथ वक्तव्य निमन्त्रणामा निम्त्याइएको थियो । वक्तव्यको क्रममा अफगानिस्तानमा मेजर जेम्स बोमान र लेˆटेनान्ट नील टर्किङटनकासाथ १३ जुलाईका दिन वीरगति प्राप्त गर्नु भएका स्वर्गीय कर्पारल अर्जुन पुन साथै उहाँको सहकर्मीको सम्झनामा दुई मिनेट मौनधारणको लागि सांसद डोयल-प्राइस स्वयमले भेलालाई आहृवान गर्नुभएको थियो । वक्तव्यको अन्त्य पछि गोर्खाप्रति "हिप-हिज, हुर्रे " को आवाजले हेरिटेज गुन्जयमान थियो । कुनै पनि सुल्झाउन सकिने गोर्खाली समस्याहरूमा सहयोगको लागि आफू सदा तत्पर रहने र आफू त्यस्तै कामहरू गर्नको लागि निर्वाचित भएको सांसद डोयल-प्राइसले बताउनु भयो । कार्यक्रममा विविध प्रकारको बन्दुकहरू र तोपहरू र सैनिक गाडीहरूको प्रदर्शनी र व्याख्या गरिएको थियो साथै ठीक १२ बजे हेरिटेजको डाँडा (थेम्स नदीको किनार) मा सन् १८८१ को नेइभल बक्सर तोप केन क्लेनी र पिटर हार्टलीद्वारा पड्काइएको थियो ।
अन्तिम कार्यक्रमको रुपमा आयोजकको आग्रहमा प्रदर्शित नेपाली खाना वितरण गरिएको थियो । उक्त खाना थरक नेपाली (गोर्खा) समुदायका सदस्यहरू नवीन राई, अम्बर राई, लक्ष्मी पंधाक र जन्माया लिम्बूले तयार गर्नुभएको थियो । त्यसमा ब्रेन्डा ग्रिफिथस्द्वारा अंग्रेजी खाना पनि बनाएर वितरण गरिएको थियो । अन्त्यमा,ग्रेज नेपाली समुदायका अध्यक्ष शरण पन्धाकद्वारा कार्यक्रम आयोजकहरूलाई धन्यवाद दिँदै सम्पूर्ण गोर्खाहरूले हेरिटेजबाट बिदा लिएका थिए ।

थरक नेपाली गोर्खा समुदायद्धारा नयावर्ष २०६६ को स्वागत

शेरबाहादुर ईङ्नाम
                 ग्रेज एसिक्स, शनिबार साझ, ११ अप्रील २००९ थरक नेपालि समुदायले बि स २०६५ लाई बिदा गार्दै नयाबर्ष २०६६ लाई रमाइलो कार्यक्रमको साथ स्वागत गर्‍यो| स्थानिय गाउको चाडवेल भिलेजहल उपस्थीत नेपलिहरुले टनाटन भरीयको थियो|।
 सामाजिक संयोजक युबराजर् इस्बोको प्रधान संयोजकत्वमा आयोजित सो उत्सव संस्थाअध्यक्ष धर्मव्रि्रम सुनुवारले स्वागतसाथ उत्घाटन गर्नु थएको थियो भने कार्यक्रमको सञ्चालन तालिम प्राप्त उत्घोषिका मञ्जू पालुङवाले गर्नु भएको थियो । कार्यक्रम उत्घाटनको साथमा सम्पर्ूण्ा उपस्थितजनलाई आइलाग्न सक्ने आकस्मिक बचावट र प्राथमिक उपचारको व्यवस्थाको विषयमा संस्थासचिव नेत्र खजुमले प्रष्ट्याउनु भएको थियो।
सास्कृतिक संयोजक अन्जना र्राईको संयोजकत्वमा कैयन भान्जा-भान्जीहरूले आ-आफ्नो साङ्गिितक कला प्रस्तुत गरेका थिए । युवा कलाकारहरूले सम्पर्ूण्ा दर्शकहरूलाई भरमक्दुर मनोरञ्जन त गराएका छँदै थिए त्यसमा पनि गायक बिर नेम्काङको गायन र नृत्यकलाकार अन्जना र्राई र निता र्राईको नृत्यले विशेष प्रौढहरूलाई अझ बढी मनोरञ्जन गराएको थियो ।
उक्त उत्सवमा नयावर्षो शुभकामना साटासाटको अतिरिक्त साथी र आफन्तसंगको भेटघाटको महत्व, नया खानाको स्वादानन्द, सास्कृतिक तिष्णाको तृप्ति आदि महसुस भएको उपस्थित धेरैको मुख र अनुहारले प्रष्ट्याइएको पाइएको थियो ।
यस पाटीको व्यय व्यवस्था सहकोषाध्यक्ष युवराज गुरुङले प्रशंषनीय ढङ्गले गर्नु भएको आयोजकहरूको भनाई छ भने राफल चिÝामा पनि विगतको भन्दा सुधार आएको तात्कालिन राफल सञ्चालक -संस्था खेलकुद संयोजक) रामजी र्राईले कताउनु भएका छ ।कार्यक्रमको अन्त्यमा सस्थाअध्यक्ष धर्मव्रि्रम सुनुवारले सम्पर्ूण्ा आयोजक, सयमसेवक र अन्य सहयोगीहरूलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नु भएको थियो ।

थरक नेपाली समाजको दशैं कार्यक्रम

शेरबहादुर ईङ्नाम
            ग्रेज, २० अक्टुबर । थरक क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको संस्था थरक नेपाली समाजले यस बर्षको दशैं पर्व विशेष     उत्साहका साथ मनाएको खवर प्राप्त भएको छ । नेपाली भाषा, संस्कृतिको जगर्ेना गर्दै आपसी भातृत्व र सहयोगको आदान प्रदान गर्ने उद्देश्यले गठन भएको थरक नेपाली समाजले शनीबार अड फेलो हल ग्रेजमा दशै कार्यक्रमको आयोजना   गरेको हो ।
     थरक क्षेत्र र वरिपरीबाट उल्लेखनीय संख्यामा नेपालीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सांसद एण्ड्रयु म्याकिन्ले प्रमुख अतिथि हुनुहुन्थ्यो भने कार्ल मोरिस, भाल मोरिस, यस गुप्ता, गारेथ डेभिस, जोन वेव, केइथ होरोविन, एलान गोस्लीङ्ग रिचर्ड स्मिथ, सु गोस्लिङ्ग, किर्ति मित्र तथा पुलिस प्रमुख इन्स्पेक्टर एलन कोटग्रोभ अतिथि हुनुहुन्थ्यो ।कम्युनिटीका अध्यक्ष कृष्ण कुरुमवाङ्ग नेपाल जानु भएकोले उपाध्यक्ष रामचरण र्राईले अतिथि तथा अन्य सहभागीहरुलाई कार्यक्रममा स्वागत गर्नु भएको थियो । उहाँले बडा दशैंको उपलक्ष्यमा सबै नेपालीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दै सुख, शान्ति र प्रगतिको कामना गर्नुभयो ।
              प्रमुख अतिथि सांसद एण्ड्रयु म्याकिन्लेले छोटो मन्तव्य दिदै नेपाली समुदाय र बेलायती समुदाय बीचको सम्वन्धका बारेमा चर्चा गर्नु भएको थियो ।

थरक नेपाली -गोर्खा समुदायद्वारा देउसी सम्पन
शेरबहादुर ईङ्नाम
           एसिक्स, ग्रेज/  २५ अक्टोबरमा थरक नेपाली गोर्खा समुदायले देउसी-खेल सम्पन्न गरेको छ । देउसी घरदैलो-दैलोमा खेलिने भएता पनि यस पटक देउसी स्थानीय मार्शल आर्टको हल एउटै घरभित्र खेलिएको थियो । एकै घरभित्र खेलिए पनि सबै परम्परा अनुरुप नै देउसीको कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष धर्मबिक्रम सुनुवार, महासचिव नेत्र खजुम र युवा समूह अध्यक्ष मानबहादुर राई लगायत पदाधिकारीहरुको विशेष पहलमा भएको थियो । कार्यक्रममा खान-पानको बन्दोबस्तमा महिला समुदायको सक्रियता रहेको थियो । तम्बोला खेल शान्तकुमार चोङ्बाङ्को सक्रियतामा भएको थियो ।
कार्यक्रममा शान्ति-सुरक्षा विभागबाट टेस वीस्बी दर्शकको रुपमा उपस्थित हुनुहुन्थ्यो । थरक एसिएन एशोसिएशनको तर्फबाट लुज टाकोनको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।संस्थाका चिन्तनशील र उदार व्यक्तित्वहरूको उपस्थितिले गर्दा अनुमान गरिएको भन्दा कार्यक्रम भव्य र रोचक हुन पुगेको थियो भने देउसी संकलन पनि उल्लेख्यनीय रहेको थियो । देउसीबाट उठेको रकम युवा क्रियाकलापको लागि खर्च गरिने र यसको परिचालन युवा समितिबाट हुने भएको छ

भकुण्डोखेलमा सहभागिता  तितो मीठो एकैठाउँमा

शेरबहादुर र्इङ्नाम
           आईतबार, ७ जुन २००९ । आसफोर्ड केन्टमा सम्पन्न भएको दोस्रो यलम्बरहाङ-कप प्रतियोगितामा थरक नेपाली गोर्खा समुदाय -टीएनजीसी) को भब्य सहभागिता रहेको थियो । ५३ सिटे र १६ सिटे दुर्इ बस साथै सात यक्तिगत कारमा खेलाडी र दर्शक गरी एकसय पन्ध्र भन्दा बढी मानिसहरूले एउटै भेकबाट भाग लिएका थिए । शुरुशुरु तिरको भ्याटरन र नन-भ्यटरन समूहहरू पराजय हुन पुगे पनि अन्तिम तिरको सरन पन्धाकद्वारा व्यबस्थित अन्डर थर्टिन समूह ए' ले प्रथम स्थानमा विजयता हारिल गरी कप कब्जा गर्न सफल भएका छन् भने 'समूह बी' ले पनि तेस्रो स्थान कायम गरी ए-एकवटा तक्मा झुण्ड्याउन सफल भएका छन् । विजय हासिल केवल विजय मात्र थिएन; मुख्य खेलमा बराबरी भई, दश-दश मिनटको थप खेलमा समेत बराबरी नै हुनगएकोले प्यानल्टि किक् गराउन परेको थियो । यस प्यानल्टि किकिमा छः गोलको बिरुद्ध सात गोलले 'टीएनजीसी अन्डर थर्टिन ए' ले 'हान्स्लो एफ सी' लाई पराजित गरेका थिए ।
              "खेलाडी कस्तो, काँड जस्तो; डिफेन्स कस्तो, खम्बा जस्तो, किपर कस्तो चुम्बक जस्तो" भन्ने लात्तेभकुण्डो खेलको नारा झैं टीएनजीसीका बाल खेलाडी किपर वरकहाङ तुम्बाहाम्फे भकुण्डो आफूतिर बेगियो कि साच्चिकै चुम्बक जस्तो देखिन्थे । कोही सिन्के दुब्लापातला त कोही दुधमुखी कलिला भने कोही लिलिपुट होचा देखिने ग्रेज नेपाली समुदायका बाल खेलाडीहरू -ए टिम) मा इनेश गुरुङ, वरकहाङ तुम्बाहाक्म्फे, आसिक तुम्बापो, इन्द्र लिम्बू, लरेन्स पन्धाक, नामसाङ् तुम्बाहाम्फे, नोबेल पन्धाक, सिगल इस्बो, यलम्बर हाङ्सरुम्बा र विवस नेम्बाङ थिए भने टिम बी मा अशिम लिम्बू, बिस्नु ब्लोन, लासाङ् तुम्बाहाम्फे, रुपक रार्इ र सुहाङ् तुम्बाहाम्फे थिए र यिनीहरूले दर्शहरूलाई भरमक्दुर मनोरञ्जन गराएका थिए भन्नमा निसन्देह अतिरञ्जन नहोला । ओभर एटिन खेलाडीको बिषयमा कुनै पनि विजयको स्थान लिन नसक्नुको मुख्य कारण एक कुशल खेलाडी सख्त घाइते बन्न पुग्नु थियो । विपक्ष दलका खेलाडीको अञ्जान हनाइबाट पुर्लक्क लड्नु भएको रोशन रार्इ प्रिमियरशिपको घाइते नाटक जस्तो थिएन । उनी मामुलि औषधमुलो र मालिसले नतङग्रिने अबस्थामा देखे पछि सेन्टजोन्स एम्ब्युलेन्सले चित्तखाएकै स्थलदेखि विलियम हार्बि अस्पताल केन्टमा पुर्‍याइएको थियो । घटनाबाट दाहिने गोलिगाँठो खराबि हालतमा सडि्कन पुगेका रोसन रार्इ तन्दुरुस्त हुन करिव एक महिना लाग्ने परिचारकको अनुमान छ ।
              घाइतेको लागि यातायात र हलचलको सहयोगमा बल रार्इ र बिर्ख रार्इले सराहनीय सहयोग पुर्‍याउनु भएका छन् । उक्त घाइते खेलाडीलाई तन्दुरुस्तिको अबस्था नपुगे सम्म टीएनजीसीले आर्थिक सहयोगको साथसाथै अभिभाकीय हेरदेख गर्ने अनौपचारिक तर विश्वासिलो निर्णय गरी सकेको छ । फिर्ति यात्रामा आफ्ना छोराहरूले कप र तक्मा मुठ्याउन पाएकोमा आमाहरू हर्षविभोरकासाथ एकै स्वरमा झयाम्मै चौतारी, माया लाउँ भने छैन दौँतरी र अनेकौं अन्य गीत गाउनुभएको थियो । माया लाउनको लागि दौँतरीको खोजिमा त को नै थिए र त्यस बसमा तर खुसीले जुन गीत फुथ्र्यो ओठमा, त्यही गाएका थिए । उक्त खेल सहभागिता यात्राको यातायात व्यबस्था खेलकुद संयोजक रामजी रार्इ, सहभागी गणना वा नामसूचि खानपान संयोजक वीर तामाङ र जलपान तथा खाजानास्ता दीपक तुम्बापोले गर्नु भएको थियो । उक्त व्यक्तिहरूको व्यबस्थापन ज्यादै सराहनीय रहेको थियो।

ग्रेजको नयाँ वर्ष शुभकामना साँझ

शेरु चतुर्बर्ण
           ग्रेज एसिक्स, आईतबार, १८ अप्रिल २०१० । थरक नेपाली गोर्खा समुदायले बि सं २०६६ लाई बिदा गर्दै नयाँ वर्ष२०६७ लाई रमाइलो कार्यक्रमकोसाथ स्वागत गर्‍यो । बहुसंख्यक उपस्थित हुनपाउने अनकुल समयको पर्खाइले गर्दा केही दिन पछि कार्यक्रम भएता पनि नयाँ वर्षो पहिलो दिन झैं आभास भएको थियो । स्थानीय गाउँको टायरेल्स हल (Tyrells Hall) मा उपस्थित प्रौढ, युवा तथा भुराभहरूले टनाटन भरिएको थियो ।
उक्त शुभकामनासाँझमा सयौं थुँगाका फूलका एउटै माला भएर पाटी खान आएका सबैले सोही बोलको राष्ट्रियगानबाट कार्यक्रम शुभारम्भ गरेका थिए । त्यस पछि संस्थाअध्यक्ष शरण पन्धाकले अतिथि स्वागतसाथ शुभकामना व्याक्त गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष सनबीर र्राईले कार्यक्रमलाई सम्बोधन गर्दै "हामीहरूलाई डाँडा, खोला, जात, धर्म, पेशा, भाषा आदिले केही पृथक बनाएको हुन्छ, यी सबै ठाउँ, जात, धर्म, पेशा, भाषा आदिका मानिस एकै ठाउँमा उपस्थित गराएर आपसी भातृत्वको नाता गास्ने र प्रत्यक्ष शुभकामना लियादिया गर्ने अवसर यो नयाँ वर्षकार्यकर््रम" दिलाएको बताउनु भयो ।
सास्कृतिक संयोजक इन्द्रकुमारी इस्बो र हरि फोम्बोको संयोजकत्व साथै उत्घोषक मञ्जू पालुङवाको सांस्कृतिक सञ्चालनमा कैयन कलाकारहरूले आ-आफ्नो साङ्गिितक साथै नृत्यकला प्रस्तुत गरेका थिए । जस्तै राष्ट्रिय गीत "सगरमाथा नेपालको गौरव . . . . ." मा स्वस्थानी सङ्बाङ्फे र छेन्मुयुमा र्राईले गायन
दिएका थिए भने अन्य गानाबजानामा भान्जाहरू किशोर जिमी, बिसन थेबे, जोगेन वनेम, स्विकार खजुम, सागर इस्बो र असिम र्राई आदिले गरेका थिए । त्यस्तै चण्डिनाचमा एलिजा र्राई, काजोल र्राई, अनुका र्राई र अस्मिता र्राईले नृत्य प्रस्तुत गरेका थिए भने किराँत याक्थुङ् चुम्लुङ यूके अथवा डम्बर सिङगकको सहयोगमा लोकमान खँवा, नगेन्द्र खँवा, सन्तोष लुम्फुवाँ र पालामहाङ् आङ्बुङ्ले विविध अभिनयसाथ च्याब्रुङ् नाच प्रस्तुत गरेका थिए । अझ रिमिक्स गीतमा नृत्यकार कमला लिबाङ् र भावना पालुङ्वाको नृत्यले दर्शक सबैलाई ताजुब बनाएको थियो ।
उक्त उत्सवमा नयावर्षो शुभकामना साटासाटको अतिरिक्त साथी र आफन्तसंगको भेटघाटको महत्व, नयाँ खानाको रसोस्वादन, सास्कृतिक तिष्णाको तृप्ति आदि महसुस भएको उपस्थित धेरैको मुख र अनुहारले प्रष्ट्याएको थियो ।
अतिथिहरूमा संसद उम्मेदवार काउन्सलर कार्ल मोरिस, अर्की काउन्सलर भाल मोरिस-कूक, ब्रिटिश लिजन ग्रेज शाखाका सभापति रेइ ब्रिजर, लिजन कै अध्यक्ष जोन वेब, ग्रेज शपिङ्सेन्टरका व्यवस्थापक किथ इभान्स र थरक रेसियल युनिटी सपोर्ट टास्क ग्रुपकी फाडेके आफोलाबी हुनुहुन्थ्यो साथै अन्य पाहुनाहरू हुनुहुन्थ्यो । त्यसमा अतिथि काउन्सलर कार्ल मोरिसले आउने दिनहरूमा गोर्खाहरूसंगको हातेमालोमा अझ निरन्तरता दिने साथै यस आउने संसदको चुनावमा विजयी बन्नसके नेपाली/गोर्खालीहरूको समस्या संसदभवनमा पुर्‍याउने आश्वासन दिनु भयो ।
उक्त कार्यक्रमलाई कर्यसमितिका अन्य सदस्यहरुमा युवराज इस्बो, ऋतु तुम्बाहाङ्फे, प्रकाश तुम्बाहाङ्फे, नवीन र्राई, दर्ुगालाल चोङ्बाङ्क्याक, जीवन श्रेष्ठ, किशोर र्राई आदिको उल्लेखनीय सहयोग पुर्‍याएका थिए । फोटोग्राफर लोक खँवाले भयङ्र परिश्रमसाथ सम्पर्ूण्ा कार्यक्रमको तस्विर खिचिदिन काम गर्नु त्यस्तै राफल चिÝाको संम्पर्ूण्ा व्यवस्था संस्थाका कोषाध्यक्ष रामेश्वर र्राईले गर्नु भएको थियो साथै शुभकामनाको पर्दा -ब्यानर) पनि उहाँले नै अति व्यस्त र छोटो समयमा तयार गरी बाँकी आयोजकहरूलाई ठूलो सहयोग पुर्‍याउनु भएको थियो ।
कार्यक्रमको अन्त्यमा, संस्थाअध्यक्ष शरण पन्धाकले क्रमैसंग सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो

ग्रेजका नेपालीहरुको ग्रीश्मकालीन जमघट

रामेस्वर राई
         ग्रेज,   एसिक्सको ग्रेजमा बासोबास गार्ने नेपाली समुदायका परिवारले ब्रेन्टौउडस्थित थर्न्डन पार्कमा बार्बिक्यु साथै नेपाली खानाको परिकार सहित ग्रीश्मकालिन जमघट गरेका छन |  पुर्ब निर्धारित समय अनुसार बिहान ११ बाजे ग्रेज  टाउन बस पार्कमा भेला भैइ कोचबाट कारिब आढा घण्टाको यात्रा पाछि कार्यक्रमस्थल पुग्दा मुख्ये आयोजक बिरबहादुर ब्लोन ,राम्जी राई, युबराज गुरुङ र दालचन जिमि लगायतका सदस्येहरुले आवस्येक सामग्रीको ब्येबस्था गर्नु भयेको थियो | त्येस्तै अन्ये सदस्येहरु पनि आ-आफ्नो जिम्मेवारि निभाउन तल्लिन देखिन्थे | समतल मैदान भन्दा केहि उचाईमा रहेको यो पार्कबाट टाढा-टाढासम्मको रमणिय दृश्य अबलोकन गर्न सकिन्थ्यो भने पार्क वरिपरि अन्ये समुदायको जम घट पनि काफि देखिन्थ्यो |
       कार्यक्रमको सुरुमा केहि पानी परे पनि दिनभर मौसमले साथ दिएको थियो | कर्यक्रमको सुरुमा भलाकुसारीसगै जलपान र खानाको आनन्दलिनुका साथै दिदिबहिनिहरुले मादलको तालमा बिभिन्न गायेन र नृतय प्रस्तुत गर्नु भयेको थियो | जसमा गायन तर्फ छेन्मुयुमा राईले सङ्योजन गर्नु भयको थियो भने नृत्यमा मिना सुनुवारले आफ्नो प्रतिभा प्रस्तुत गरी उपस्थित सबैलाई मनोरन्जन दिलाउनु भयको थियो | कर्यक्रम मध्यन्तर तिर रफल र केटाकेटिहरुलाई बौदिक खेल खेलाइएको थियो |
       सङ्थाका अध्यछे धर्म बिक्रम सुनुवारले कार्यक्रममा सहभगी सबैलाई स्वगतग गर्दै यस्ता कर्यक्रमले छेनिक मनोरन्जन मात्र नभ ई एक आपसमा सुख दु:ख आदान प्रदान हुनका साथै भावनात्मक सम्बन्ध कायम रहने, स्वदेशका सम्बन्धमा सोच्ने र बुझने अबसर मिल्ने बताउनु भयो | साझ ८:३० बजे कार्यक्रम सम्पन्न गरी ग्रेजका नेपालिहरु थर्न्डन पार्कबाट घर फर्केका थिये

 

© 2007 All right reserved by Thurrock Nepalese (Gurkha) Community (TNGC) Grays Essex
 Website Designed by Kisor Rai
tngc@gurkhascommunitygrays.co.uk